Tuesday, May 5, 2026
Homeराजनीतिथापा–कोइराला भेटः कांग्रेसभित्र एकता र आगामी रणनीतिबारे छलफल

थापा–कोइराला भेटः कांग्रेसभित्र एकता र आगामी रणनीतिबारे छलफल

काठमाडौं । गगन थापाशेखर कोइराला बीच मंगलबार भेटवार्ता भएको छ। विशालनगरस्थित कोइरालाको सचिवालयमा करिब ४५ मिनेट भएको उक्त भेटमा पार्टीको आन्तरिक अवस्था र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको हो।

भेटका क्रममा विशेषगरी पार्टीको आधिकारिकता सम्बन्धी विवाद कानुनी रूपमा टुङ्गिएपछि अबको सांगठनिक बाटो कसरी तय गर्ने भन्ने विषयमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया का अनुसार दुई नेताबीच पार्टीलाई एकढिक्का बनाएर लैजाने र आगामी चुनौतीहरूको सामना कसरी गर्ने भन्नेबारे विचार विमर्श भएको छ। यद्यपि, भेटका ठोस निष्कर्षबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

पार्टीको आधिकारिकता टुङ्गिएपछि सभापति थापाले आन्तरिक संवादलाई तीव्रता दिएका छन्। यसअघि वैशाख ६ गते उनले पूर्णबहादुर खड्का सँग पनि भेट गरी पार्टी सञ्चालनका विषयमा छलफल गरेका थिए।

कांग्रेसभित्र शक्ति सन्तुलनका दृष्टिले थापा र कोइरालाबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यसले आगामी महाधिवेशन र पार्टीको वैचारिक दिशामा प्रभाव पार्न सक्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका