Monday, May 4, 2026
Homeराजनीतिआज मन्त्रिपरिषद् बैठक: मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

आज मन्त्रिपरिषद् बैठक: मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बिहान साढे १० बजे बस्दैछ। बैठकमा मन्त्रालय पुनर्संरचनासम्बन्धी महत्त्वपूर्ण खाका पेश हुने तयारी गरिएको छ।

सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर नयाँ संरचना तथा नाम दिने योजना अघि बढाएको छ। स्रोतका अनुसार आजको बैठकमा मन्त्रालय मर्ज र खारेजसम्बन्धी प्रस्तावमाथि विस्तृत छलफल हुनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल रहेका चार मन्त्रालय खारेज गर्ने र अन्य छ मन्त्रालयको नाम परिवर्तन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। केही निकायलाई भने सम्बन्धित मन्त्रालयबाट अलग गरी प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा राख्ने तयारी रहेको जनाइएको छ।

यससम्बन्धी खाका तयार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले संघीय तहमा १७ मन्त्रालय कायम गर्ने प्रस्ताव पेश गरेको थियो। सोही प्रस्तावका आधारमा सरकारले पुनर्संरचनाको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका