Monday, May 4, 2026
Homeसामाचारदेशभर बदली, चट्याङसहित वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

देशभर बदली, चट्याङसहित वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको तल्लो वायूमण्डलीय न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। साथै, दक्षिणी भूभाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले पनि मौसममा प्रभाव पारेको छ।

हाल मधेश प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका साथै हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर बदली कायम रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका