Saturday, May 2, 2026
Homeसामाचारबुद्ध जयन्तीमा प्रधानमन्त्री शाहको सन्देश—‘ज्ञान र शान्तिको मार्गमा अघि बढौँ’

बुद्ध जयन्तीमा प्रधानमन्त्री शाहको सन्देश—‘ज्ञान र शान्तिको मार्गमा अघि बढौँ’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा केन्द्रित हुनुपर्ने बताएका छन्।

बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गौतम बुद्धको शिक्षाले दुःखबाट मुक्ति पाउने मार्ग देखाएको उल्लेख गरेका छन्।

सन्देशमा उनले लेखेका छन्, “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, र त्यसको मार्ग पनि छ। बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो।” उनले उज्यालो र अँध्यारोको उदाहरण दिँदै ज्ञानले अज्ञानता हटाउने बताए।

प्रधानमन्त्री शाहले हाम्रो यात्रा ज्ञानको उज्यालो खोज्दै समस्या समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका छन्। उनले बुद्ध जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दै नेपाल सदैव अहिंसा र शान्तिको पक्षमा रहने उल्लेख गरे।

“साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो,” उनले सन्देशमा भनेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका