काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे सर्वसाधारणलाई गुनासो गर्न आह्वान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सूचना जारी गर्दै अभियानका क्रममा बाँकी रहेका वा टुंगो नलागेका फाइलबारे जानकारी दिन नागरिकलाई अनुरोध गरेको हो ।
गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गरिएको थियो ।
जारी सूचनाअनुसार गुनासो दर्ताका लागि टोल-फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ । साथै, अनलाइनमार्फत पनि https://gunaso.opmcm.gov.np/register मा गई गुनासो पेश गर्न सकिने व्यवस्था गरिएको छ ।


