Saturday, April 18, 2026
Homeराजनीतिसर्वोच्चको फैसलापछि देउवा पक्ष झुक्यो, गगन नेतृत्वलाई स्वीकृति

सर्वोच्चको फैसलापछि देउवा पक्ष झुक्यो, गगन नेतृत्वलाई स्वीकृति

काठमाडौं। विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कार्यसमितिलाई अधिकारिकता दिने सर्वोच्च अदालतको फैसलालाई नेपाली कांग्रेसको देउवा पक्षले अन्ततः स्वीकार गर्ने निष्कर्ष निकालेको छ।

शनिबार बसेको देउवा पक्षको बैठकले अदालतको निर्णयलाई मान्ने निर्णय गरेको हो। कांग्रेस नेता मिन विश्वकर्मा ले पार्टीभित्र मतभेद भए पनि स्वतन्त्र न्यायपालिकाको निर्णय स्वीकार गर्ने परम्पराअनुसार अघि बढ्ने बताए।

उनका अनुसार कांग्रेसले सधैं न्यायालयका निर्णयलाई आत्मसात गर्दै आएको छ। यसपटक फैसलाप्रति असन्तुष्टि भए पनि संस्थागत मर्यादालाई ध्यानमा राख्दै स्वीकार गर्ने निर्णय गरिएको हो।

‘अदालतमा दुवै पक्ष आफ्ना-आफ्ना दाबी लिएर गएका थिए। त्यसक्रममा गतिविधि बढाउनु स्वाभाविक थियो,’ उनले भने, ‘हामीले पनि त्यही गरेका हौं। अर्को पक्षले गैरकानुनी भन्नु निरर्थक र हास्यास्पद थियो।’

विश्वकर्माले सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी ऐनको व्याख्या गरेको विषयमा केही असन्तुष्टि रहेको संकेत गरे। साथै देशभर पार्टी एकताको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै अब सबै पक्ष पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित हुने बताए।

उनले सभापति गगन थापा कै काँधमा पार्टी एकताको जिम्मेवारी रहेको पनि स्पष्ट पारे।

यसअघि देउवा पक्षले थापाको नेतृत्व अस्वीकार गर्दै पूर्णबहादुर खड्का लाई कार्यवाहक सभापतिका रूपमा प्रस्तुत गर्दै निर्वाचन आयोग र अदालतमा दाबी गर्दै आएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका