Saturday, April 18, 2026
Homeराजनीतिएमालेले स्थापना दिवस रचनात्मक कार्यक्रमसहित मनाउने

एमालेले स्थापना दिवस रचनात्मक कार्यक्रमसहित मनाउने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ। शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले स्थापना दिवसका कार्यक्रम आयोजना गर्ने निर्णयसँगै यसअघि तय गरिएका केही कार्यक्रमहरूमा संशोधन पनि गरेको छ।

बैठकले आगामी बैशाख ९ गते सबै जिल्ला कमिटीहरूले अनिवार्य रूपमा आ–आफ्नो क्षेत्रमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार उपत्यकामा भने बैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा विशेष कार्यक्रम आयोजना गरिनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका