काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँ रहेको छ । उक्त आम्दानीको स्रोतका रूपमा उनले फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जाल उल्लेख गरेका छन् ।
सम्पत्ति विवरणमा उनकी पत्नी सविनाको नाममा १९० तोला सुन रहेको जनाइएको छ, जसको स्रोत पैतृक भएको उल्लेख गरिएको छ ।
त्यस्तै, शाहले आमा ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको विवरण दिएका छन् । साथै, पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख गरेका छन् ।


