Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीगोडैतामा निःशुल्क स्वास्थ्य शिविर, १ हजारभन्दा बढी नागरिक लाभान्वित

गोडैतामा निःशुल्क स्वास्थ्य शिविर, १ हजारभन्दा बढी नागरिक लाभान्वित

सर्लाही । सर्लाहीको गोडैतामा गोडैता नगरपालिकाको आयोजना तथा साउथ सिटी हिमाल हस्पिटल प्रा.ली. वीरगन्जको सहयोगमा एक दिने निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले व्यापक सेवा प्रदान गरेका थिए । शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।

शिविरबाट कुल १ हजार ५० जनाले प्रत्यक्ष लाभ लिएका छन् । लाभग्राहीमध्ये ६५० जना पुरुष र ४०० जना महिला रहेका छन्, जसमा बालबालिकासमेत समावेश छन् ।

ग्रामीण भेगका नागरिकलाई सहज पहुँचमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित आयोजना गरिएको शिविरबाट स्थानीय बासिन्दा लाभान्वित भएका छन् । साथै, यस्ता कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।

साउथ सिटी हिमाल हस्पिटल प्रा.ली. वीरगन्जका चिकित्सकहरूले शिविरमार्फत ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष सेवा दिन पाउँदा खुसी लागेको बताएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका