Saturday, April 11, 2026
Homeराजनीतिगौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ, श्रम र उद्योग मन्त्रालयको...

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ, श्रम र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाले

काठमाडौं । नवनियुक्त मन्त्री गौरीकुमारी यादव र रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। गौरीकुमारी यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् भने रामजी यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व लिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शुक्रबार उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए। यसअघि श्रम मन्त्रालय सम्हालिरहेका दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए।

नवनियुक्त मन्त्री गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका