काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज सम्पन्न निर्वाचनमा उनले राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पदमा जित हासिल गरेकी हुन्।
निर्वाचनमा उपस्थित २५७ सांसदमध्ये रुबीकुमारी ठाकुरको पक्षमा २१५ मत परेको थियो भने सरस्वती लामाले ५ मत मात्र प्राप्त गरिन्। साथै, ३७ सांसद तटस्थ बसेका थिए।
रुबीकुमारीलाई सत्तारुढ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए। नेकपा एमालेका २५ सांसद भने मतदानमा तटस्थ बसेका थिए।
यससँगै रुबीकुमारी ठाकुर नेपालकै सबैभन्दा कम उमेरकी उपसभामुख बन्न सफल भएकी छन्। उनको उमेर २५ वर्ष रहेको छ।


