काठमाडौँ । अमरेश कुमार सिंह ले प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीका वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री नियुक्त भएकोमा शुभकामना व्यक्त गरेका हुन्। बधाई सन्देशमा उनले बालेनको नेतृत्वमा देशले सुशासन, समृद्धि र दिगो विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
मन्त्री बन्ने सम्भावित सूचीमा अमरेशको नाम पनि समावेश थियो। तर अन्तिम समयमा उनी मन्त्री बन्न भने सकेनन्।


