Wednesday, October 28, 2026
Homeराजनीतिनिर्वाचन परिणामपछि लोहनीको राजीनामा, महाधिवेशनको माग

निर्वाचन परिणामपछि लोहनीको राजीनामा, महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको बताएका हुन्।

लोहनीले तदर्थ समितिमार्फत महाधिवेशन गरिनुपर्ने माग समेत गरेका छन्। महाधिवेशनपछि प्राप्त पदमा मात्र आफू रहने उनको राजीनामापत्रमा उल्लेख छ।

साथै, पार्टी नेतृत्व तहमा रहेका पदाधिकारीहरूले पनि तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उनको धारणा रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका