काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू नयाँ सरकार गठनबारे छलफलमा जुटेका छन्।
उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै ‘राजकाज आज साँझको छलफल’ उल्लेख गरेका छन्। उनले सेयर गरेको तस्बिरमा सभापति रवि लामिछाने, उनी स्वयं, अर्का उपसभापति डीपी अर्याल तथा वरिष्ठ नेता बालेन्द्र साह देखिएका छन्।
सार्वजनिक तस्बिरका आधारमा नेताहरूबीच नयाँ सरकार गठनको सम्भावित समीकरणबारे छलफल भइरहेको बुझिएको छ।


