काठमाडौं । म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन्।
पुनले निर्वाचन अवधिभरि कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन्।
पेस गरिएको विवरणअनुसार होटलमा खाना र बसाइका लागि सबैभन्दा धेरै १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यस्तै चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायात खर्चमा ६ लाख ६० हजार ९९८ रुपैयाँ र डिजेलमा ३ लाख ६० हजार ४९९ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।


