Sunday, July 19, 2026
Homeस्वास्थ्य र जीवनशैलीजुम्लामा एक्स–रे सेवा बन्द, पाँच दिनदेखि बिरामी मर्कामा

जुम्लामा एक्स–रे सेवा बन्द, पाँच दिनदेखि बिरामी मर्कामा

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि आएका सेवाग्राही मर्कामा परेका छन्।

अस्पतालको एक्स–रे उपकरणमा समस्या आएपछि पाँच दिनदेखि सेवा अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ। उपकरणमा आएको खराबी मर्मतका लागि काठमाडौँ पठाइएको पनि प्रशासनले जानकारी दिएको छ।

निर्वाचनका कारण मर्मत कार्यमा केही ढिलाइ भएको बताइएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीका अनुसार एक्स–रे सेवा छिट्टै नियमित रूपमा सञ्चालनमा ल्याइनेछ।

यसअघि पनि प्रतिष्ठानमा एक्स–रे र सिटीस्क्यान सेवा पटक–पटक बिग्रिने समस्या देखिँदै आएको छ, जसका कारण अस्पताल व्यवस्थापनप्रति आलोचना हुने गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका