Saturday, May 9, 2026
Homeराजनीतिराष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज, दिउँसो २ बजे कार्यक्रम

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज, दिउँसो २ बजे कार्यक्रम

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण आज हुने भएको छ।

संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ।

गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ।

शपथग्रहण कार्यक्रममा सहभागी हुन नवनिर्वाचित सदस्यले आफ्नो पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित उपस्थित हुनुपर्ने संघीय संसद् सचिवालयले जनाएको छ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।

निर्वाचन आयोगका अनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका