Saturday, May 9, 2026
Homeराजनीतिनुवाकोट–१ मा डा. प्रकाशशरण महत पराजित, रास्वपाका विक्रम तिमिल्सिना विजयी

नुवाकोट–१ मा डा. प्रकाशशरण महत पराजित, रास्वपाका विक्रम तिमिल्सिना विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पराजित भएका छन्।

नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिनासँग महत पराजित भएका हुन्।

सार्वजनिक अन्तिम मतपरिणामअनुसार तिमिल्सिनाले २२ हजार ६ सय ९ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी महतले १८ हजार ५ सय ९७ मत प्राप्त गरे।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले १३ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले ८ हजार ९ सय ३२ मत ल्याएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका