Tuesday, May 26, 2026
Homeमुख्य समाचारजेनजी घटनामा केपी ओलीविरुद्ध फौजदारी मुद्दा चलाउन कार्की आयोगको सिफारिस

जेनजी घटनामा केपी ओलीविरुद्ध फौजदारी मुद्दा चलाउन कार्की आयोगको सिफारिस

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फौजदारी कसूरमा मुद्दा चलाउन सिफारिस गरेको छ।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्रीलाई बुझाइएको जाँचबुझ प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई राष्ट्रिय स्तरमा जिम्मेवार ठहर गर्दै कानुनी कारबाही गर्न सिफारिस गरिएको छ।

त्यसैगरी, तत्कालीन काठमाडौं जिल्ला सुरक्षा समितिका प्रमुखलाई जिल्ला स्तरमा जिम्मेवार ठहर गर्दै कारबाही गर्न आयोगले सुझाव दिएको छ।

यदि सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेमा तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध फौजदारी अभियोग लगाएर मुद्दा दर्ता हुन सक्नेछ।

धेरैजसो फौजदारी कसूरमा आरोपित व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा अगाडि बढाउने कानुनी व्यवस्था रहेको छ। त्यसैले उनीविरुद्ध लाग्ने अभियोगको प्रकृति हेरेर अदालतले थुनामा राखेर मुद्दा चलाउने आदेश पनि दिन सक्ने सम्भावना रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका