Saturday, May 9, 2026
Homeसामाचारजेनजी प्रदर्शनबारे छानबिन आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

जेनजी प्रदर्शनबारे छानबिन आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो।

आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार जाँचबुझ सम्पन्न भएपछि प्रतिवेदन सरकारलाई बुझाइएको हो।

सरकारले असोज ५ गते भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका घटनाबारे सत्यतथ्य पत्ता लगाउन उक्त आयोग गठन गरेको थियो। आयोगले विशेष गरी भदौ २३ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान जाने गरी भएको घटनाबारे अनुसन्धान गरेको थियो।

छानबिनका क्रममा आयोगले १५० भन्दा बढी सरकारी अधिकारी तथा आन्दोलनका प्रत्यक्षदर्शीसँग बयान लिएको जनाएको छ।

जेनजी आन्दोलन भएको समयमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो। त्यसबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल कार्यरत थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका