Saturday, May 9, 2026
Homeराजनीतिओलीले हारपछि ठूलो हृदय बनाएर दिए बालेनलाई बधाई

ओलीले हारपछि ठूलो हृदय बनाएर दिए बालेनलाई बधाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन्।

शनिबार बधाई सन्देश दिँदै ओलीले शाहको आगामी पाँच वर्षे कार्यकाल सफल रहोस् भन्ने कामना गरेका छन्।

बालेनलाई ‘बालेन बाबु’ भन्दै उनले विजयको शुभकामना व्यक्त गरेका हुन्।

“बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना,” ओलीले सन्देशमा उल्लेख गरेका छन्।

झापा–५ मा भएको प्रतिनिधिसभा निर्वाचनमा बालेन शाहले ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका