काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसमसम्बन्धी निकायका अनुसार कर्णाली प्रदेशसहित देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहने अनुमान छ। बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ र तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्न सक्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने जनाइएको छ।


