Thursday, October 29, 2026
Homeराजनीतिरुकुम पूर्वमा प्रचण्डको मतदाता भेटघाट, मगर सभ्यता संरक्षण र स्वायत्त क्षेत्र घोषणाको...

रुकुम पूर्वमा प्रचण्डको मतदाता भेटघाट, मगर सभ्यता संरक्षण र स्वायत्त क्षेत्र घोषणाको प्रतिबद्धता

रुकुम पूर्व । प्रतिनिधि सभा निर्वाचन लक्षित मतदाता भेटघाट कार्यक्रमका क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका अन्तर्गत रहेको पर्यटकीय स्थल तकसेरा पुगेका छन्।

शनिबार साँझ तकसेरा पुगेका प्रचण्डलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए। स्वागत कार्यक्रममा महिला दिदीबहिनीहरू बालबालिकासहित नाचगान गर्दै सहभागी भएका थिए भने स्थानीय युवाहरूले पनि उत्साहजनक उपस्थिति जनाएका थिए।

स्वागतपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले रुकुम पूर्व का जनताबाट आफूले नयाँ ऊर्जा प्राप्त गरिरहेको बताएका छन्। उनले रुकुमबाट समाजवादी मोडेलको सुरुआत गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यस क्षेत्रलाई क्रान्तिको सुरुआत तथा शान्ति यात्राको ऐतिहासिक भूमि भएको स्मरण गरे।

संविधान निर्माण प्रक्रियामा आफ्नो पहलमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको उल्लेख गर्दै उनले संविधानको मर्मअनुसार मगर समुदायका क्लस्टरलाई स्वायत्त क्षेत्र घोषणा गर्ने योजना रहेको बताएका छन्।

उनले ‘खाम मगर’ सभ्यताको संरक्षण, प्रवर्द्धन तथा विश्वव्यापी ब्रान्डिङमार्फत मगर समुदायको पहिचान सुदृढ गर्नुका साथै पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रचण्डले मगर सभ्यताको संरक्षणसँगै क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा समेत योगदान पुग्ने उल्लेख गर्दै आगामी निर्वाचनमा जनताको साथ र समर्थन रहने अपेक्षा व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका