Thursday, October 29, 2026
Homeराजनीतिनेपाली कांग्रेसले जनताको सपना पूरा गर्ने दाबी : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले जनताको सपना पूरा गर्ने दाबी : विश्वप्रकाश शर्मा

तानसेन। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश परिवर्तनको जनताको सपना अब कांग्रेसले साकार पार्ने बताएका छन्।

तानसेनमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले पार्टी परिवर्तनको प्रक्रियामा रहेकाले अब जनताको अपेक्षा पूरा गर्न सक्षम हुने बताएका हुन्। उनले नयाँ पुस्ताको आन्दोलनपछि पार्टीमा उल्लेखनीय परिवर्तन आएको दाबी गर्दै देश बदल्ने क्षमता कांग्रेससँग रहेको बताए।

उनका अनुसार यस पटकको निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ उम्मेदवार उठाइएको छ। साथै महिला तथा दलित समुदायको प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा बढाइएको उनले उल्लेख गरे।

कार्यक्रममा राजेन्द्र गोपाल सिंह, हरिप्रसाद नेपाल तथा राजु खनालले पनि आफ्ना धारणा व्यक्त गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका