Thursday, April 30, 2026
Homeस्वास्थ्य र जीवनशैलीबाजुरामा किशोरी लक्षित एचपिभी खोप अभियान सञ्चालन

बाजुरामा किशोरी लक्षित एचपिभी खोप अभियान सञ्चालन

बाजुराका ९ वटै स्थानीय तहमा किशोरी लक्षित पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालनमा ल्याइएको छ। प्रत्येक स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी खोप लगाउने कार्य सुरु गरिएको हो।

यस वर्ष जिल्लाभर एक हजार ८ सय ६ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। गत वर्ष अभियानकै रूपमा ७ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइएको थियो। यस वर्ष भने नियमित खोप कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत तथा अघिल्लो चरणमा छुटेका किशोरीलाई मात्रै खोप लगाइने व्यवस्था गरिएको छ।

जिल्लाका सबै स्थानीय तहका विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत सेवा उपलब्ध गराइने भएको छ। साथै स्वास्थ्य संस्थामार्फत पनि खोप लगाउन सकिने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख लाल बहादुर खड्काले जानकारी दिनुभयो।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको यो एचपिभी खोप अभियान माघ २७ गतेदेखि सुरु भई फागुन ३ गतेसम्म सञ्चालन हुने बताइएको छ। अभियानमार्फत किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्य राखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका