पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे अदालतबाट न्याय पाइने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार जिल्ला अदालत कास्कीमा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै विभिन्न अदालतमा तारिख बुझ्न जानुपरे पनि कानुनी प्रक्रियालाई सम्मान गर्दै अघि बढिरहेको बताए ।
उनले सबै नागरिकले न्याय अदालतबाटै पाउने विश्वास व्यक्त गर्दै आफूले कानुनी तथा अदालती प्रक्रियालाई सदैव सम्मान गर्ने उल्लेख गरे ।
मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न स्वयम् उपस्थित हुनुपर्ने भएकाले सोहीअनुसार समय व्यवस्थापन गरिरहेको उनले बताए । साथै, आफूहरू कानुनी राज्य स्थापना गर्ने उद्देश्यसहित अघि बढेकाले कानुनी प्रक्रियालाई पूर्ण रूपमा पालना गर्ने उनले स्पष्ट पारे ।


