काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ।
इन्टरपोलको सहयोगमा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ। काभ्रे निवासी पाठकविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो। सो नोटिस जारी भएपछि उनी फिलिपिन्समा रहेको खुलासा भएको थियो।
फिलिपिन्स प्रहरीले उनलाई पक्राउ गरी इन्टरपोलमार्फत नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।
प्रहरीका अनुसार आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत अख्तियार प्रमुख राईसहितका उच्च अधिकारीहरूलाई धम्की दिएका थिए। उनी भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थि
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ।
इन्टरपोलको सहयोगमा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ। काभ्रे निवासी पाठकविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो। सो नोटिस जारी भएपछि उनी फिलिपिन्समा रहेको खुलासा भएको थियो।
फिलिपिन्स प्रहरीले उनलाई पक्राउ गरी इन्टरपोलमार्फत नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।
प्रहरीका अनुसार आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत अख्तियार प्रमुख राईसहितका उच्च अधिकारीहरूलाई धम्की दिएका थिए। उनी भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए।


