Saturday, November 7, 2026
Homeसामाचारसीमा समन्वय बैठकमा बेहोस भएका एसपी राजेश घिमिरेको निधन

सीमा समन्वय बैठकमा बेहोस भएका एसपी राजेश घिमिरेको निधन

काठमाडौं — नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा अचानक बेहोस भएका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरे को उपचारको क्रममा निधन भएको छ।

मोरङको विराटचोकमा शुक्रबार नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरूको डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेको बेला एसपी घिमिरे बेहोस भएका थिए। बैठकस्थलमै ढलेपछि उनलाई तत्काल उद्धार गरी विराट मेडिकल कलेज लगिएको थियो।

घिमिरे ढल्दा जिब्रोमा चोट लागेको थियो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर सघन उपचार गरिएको थियो। सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डीआईजी कुमार न्यौपाने का अनुसार घिमिरे नम्बर ३ बाहिनी गाढीमाई मुख्यालय, मकवानपुरमा सरुवा हुन लागेका थिए।

उक्त बैठकमा नेपालबाट नायब महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा, तथा भारतीय एसएसबीबाट डीआईजी सरोजकुमार थाकुर, मन्जित सिंह, सुरेश सुब्रमणिम, राजेस टिक्कु र मनिष कुमार उपस्थित थिए।

चिकित्सकको प्रयासका बाबजुद, शुक्रबार राति ८ बजेर ५२ मिनेटमा उनको निधन भएको पुष्टि गरिएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणले उनी उच्च रक्तचाप को समस्याबाट पीडित रहेको देखाएको थियो।

एसपी घिमिरेको आकस्मिक निधनले सशस्त्र प्रहरी बलमा शोकको छाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका