Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियआणविक मुद्दामा वार्ताका लागि इरानी विदेशमन्त्री ओमानमा, अमेरिकाको सैन्य चेतावनी

आणविक मुद्दामा वार्ताका लागि इरानी विदेशमन्त्री ओमानमा, अमेरिकाको सैन्य चेतावनी

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची ओमान आइपुगेका छन्। उनले शुक्रबार (फेब्रुअरी ६) राजधानी मस्कटमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरे सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन्।

इरानले आणविक कार्यक्रमसम्बन्धी वार्तामा सहभागी हुन तयार रहेको जनाएको छ। तर, आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने लगायतका विषयमा भने वार्ता नगर्ने स्पष्ट पारेको छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार राष्ट्रपति ट्रम्पले इरानी अधिकारीहरूसँग भइरहेको वार्तालाई नजिकबाट निगरानी गरिरहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका