काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको आदेशलाई यथावत् राख्दै अधिकारीलाई थुनामै राख्ने निर्णय गरेको हो।
विशेष अदालतले गत मंसिर २१ गते नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा अधिकारीसँग १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो दाबी गरेको छ।


