काठमाडौं । खुट्टामा संक्रमण भएर केही समय आराम गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचन केन्द्रित कार्यक्रमका लागि बिहीबार चितवन पुगेका छन्।
भरतपुर विमानस्थलमा पुगेपछि उनलाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए। चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका लामिछानेले मतदातासँग अन्तरक्रिया र घरदैलो कार्यक्रम गर्ने तयारी गरेका छन्।
रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ चितवन क्षेत्र नम्बर–१ मा हरि ढकाल, क्षेत्र नम्बर–२ मा रवि लामिछाने र क्षेत्र नम्बर–३ मा सोविता गौतमलाई उम्मेदवार बनाएको छ।


