Thursday, October 29, 2026
Homeराजनीतिराष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको बैठकले विभिन्न तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेको छ।

सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशलाई पारित गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेका थिए।

त्यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभामा पेस गरे।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।

राष्ट्रियसभाको अर्को बैठक माघ २३ गते शुक्रबारका लागि बोलाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका