Saturday, November 7, 2026
Homeसामाचारदुर्घटनामा घाइते दिनेश सिटौला आइसीयूमा, अवस्था गम्भीर

दुर्घटनामा घाइते दिनेश सिटौला आइसीयूमा, अवस्था गम्भीर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिम गएका बेला दुर्घटनामा परेका दिनेश सिटौलाको आइसीयूमा राखेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा गाडीबाट ओर्लिने क्रममा लडेर सिटौलाको टाउकोमा चोट लागेको थियो। घटनापछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। हाल उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

चिकित्सकहरूले टाउकोमा चोट लाग्दा मस्तिष्क नजिक रक्तस्राव भएको र त्यसका कारण उनलाई ‘सफ्ट स्ट्रोक’ भएको जानकारी दिएका छन्। प्रारम्भिक जाँचपछि उनलाई आइसीयूमा भर्ना गरिएको हो भने थप विस्तृत परीक्षणहरू बाँकी रहेको अस्पतालले जनाएको छ। हाल सिटौलाको अवस्था स्थिर रहेको चिकित्सकहरूको भनाइ छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका