काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
यसको प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने देशका बाँकी भू–भागमा आंशिक बादल रहेको महाशाखाले जनाएको छ। आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिनभर देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जानकारी दिएको छ।


