Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियदुई वर्षमा अफगानिस्तानको जनसंख्या १२% वृद्धि, लाखौं आप्रवासी फर्किए

दुई वर्षमा अफगानिस्तानको जनसंख्या १२% वृद्धि, लाखौं आप्रवासी फर्किए

काठमाडौँ। अफगानिस्तानको जनसंख्या पछिल्लो दुई वर्षमा १२ प्रतिशतले बढेको छ। संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसीआरका अनुसार डिसेम्बर २०२३ देखि डिसेम्बर २०२५ सम्म करिब ४८ लाख अफगानी आप्रवासी इरान र पाकिस्तानबाट फर्किएका छन्, जसले देशको जनसंख्यामा उल्लेखनीय वृद्धि ल्याएको छ।

युएनएचसीआरका प्रतिनिधि अराफत जमालले अफगान समाचार च्यानल टोलो न्यूजलाई बताएअनुसार २०२५ मा मात्र २७ लाख मानिसहरू फर्किएका छन्। हाल प्रत्येक दिन करिब १० हजार मानिसहरू अफगानिस्तान प्रवेश गरिरहेका छन्। उनले थपे कि गत गर्मीमा एकै दिनमा इस्लाम किला सीमाबाट ७० हजार मानिसहरू फर्किएका थिए।

अराफतले अफगानी आप्रवासीहरूको जबरजस्ती निष्कासन गरेकोमा पाकिस्तान र इरानको आलोचना गर्दै, संयुक्त राष्ट्र संघले दुवै देशलाई सहयोग गर्न आह्वान गरेको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका