Thursday, October 29, 2026
Homeराजनीतिनिर्वाचनमा स्वदेशी सामग्री प्रयोग, खर्च घटाउन आयोगको नीति

निर्वाचनमा स्वदेशी सामग्री प्रयोग, खर्च घटाउन आयोगको नीति

काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति अपनाएको छ। निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउँदै स्थानीय उत्पादनको प्रयोग तथा प्रोत्साहन गर्ने उद्देश्यसहित यो नीति लागू गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री प्रयोग हुनेछन्। तीमध्ये ३७ प्रकारका सामग्री प्रदेश तथा जिल्लाबाट विकेन्द्रीकृत रूपमा खरिद गरी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद गरिनेछ। अधिकांश सामग्री खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको प्रवक्ता भट्टराईले जानकारी दिए। निर्वाचनका लागि छ करोड ७५ लाख रुपैयाँ बराबरका मात्र नयाँ सामग्री खरिद गरिएको र बाँकी आवश्यक सामग्री पुरानै मौज्दात (स्टक) बाट पुनः प्रयोगमा ल्याइएको उनले बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता, दाबी–विरोध तथा निर्वाचन चिह्न प्रदानसम्बन्धी कार्यक्रमहरू सम्पन्न भइसकेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका