Saturday, November 7, 2026
Homeसामाचारदेशभर न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

देशभर न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भेगमा पूर्णतया बादल लाग्नेछ भने बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिकदेखि सामान्य बादल रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यसैगरी बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पहाडी र हिमाली भेगमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबै सरोकारवालालाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका