काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल १ करोड ४२ लाख ८ हजार थान मतपत्र छपाइ गरिसकेको छ ।
केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको हो । केन्द्रले कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छपाइ गर्नुपर्ने जनाएको छ ।
त्यसैगरी, हालसम्म कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार २२६ बाकस मतपत्र प्याकिङ गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार १ करोड ९८ हजार २०० थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकिएको छ ।


