Saturday, November 7, 2026
Homeसामाचारप्रदर्शन क्षतिको छानबिन आयोगको म्याद २० दिन थप, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

प्रदर्शन क्षतिको छानबिन आयोगको म्याद २० दिन थप, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंक (AIIB) बाट प्राप्त हुने २० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई नेपाल सरकारको गृहमन्त्रीका रूपमा निरन्तरता दिने निर्णयसमेत गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका