Saturday, November 7, 2026
Homeसामाचारराप्रपाका नेता स्वागत नेपाललाई साइबर ब्यूरोले सोधपुछका लागि बोलायो

राप्रपाका नेता स्वागत नेपाललाई साइबर ब्यूरोले सोधपुछका लागि बोलायो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई सोधपुछका लागि बोलाएको छ ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टीका उम्मेदवार नेपाललाई साइबर ब्यूरोले सोधपुछका लागि बोलाएको पुष्टि गरेका हुन् । स्वागत नेपाल राप्रपाबाट झापा–२ का प्रतिनिधिसभा उम्मेदवार हुन् । उनी हाल चुनावी प्रचारप्रसारका लागि झापामै रहेका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार चुनाव प्रचारको क्रममा रहेका पार्टीका नेतालाई अनावश्यक रूपमा दुःख दिने र चुनावी अभियानलाई प्रभावित पार्ने उद्देश्यले यस्तो कदम चालिएको हुनसक्ने आशंका गरिएको छ । उनले अभिव्यक्तिकै आधारमा सरकारी संयन्त्र प्रयोग गरी नेताहरूलाई निरुत्साहित गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका