Saturday, November 7, 2026
Homeसामाचारकुलेखानी–काठमाडौँ सडकखण्डमा दुर्घटना, एकको मृत्यु दुई घाइते

कुलेखानी–काठमाडौँ सडकखण्डमा दुर्घटना, एकको मृत्यु दुई घाइते

बागमती प्रदेशअन्तर्गत कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक आज बिहान दुर्घटना हुँदा सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी दुर्घटनामा परेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ निवासी १७ वर्षीय रोहन मण्डलको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सर्लाहीकै वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका