Saturday, November 7, 2026
Homeसामाचारनेपाल प्रहरीका डीआईजीहरूको सरुवा, गृह मन्त्रालयद्वारा निर्णय कार्यान्वयन

नेपाल प्रहरीका डीआईजीहरूको सरुवा, गृह मन्त्रालयद्वारा निर्णय कार्यान्वयन

काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी), लैनचौरलाई पत्र लेख्दै सरुवासम्बन्धी विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ । गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रअनुसार सरुवाको निर्णय कार्यान्वयनमा आएको हो ।

सरुवा भएका डीआईजीहरूको नामावली र नयाँ कार्यक्षेत्रबारे प्रहरी प्रधान कार्यालयले मातहतका युनिटहरूलाई जानकारी गराउँदै आवश्यक कारबाहीका लागि निर्देशन दिएको जनाएको छ ।

यसअघि पनि नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरूको ठूलो सङ्ख्यामा सरुवा गरिएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका