Saturday, November 7, 2026
Homeसामाचारदेशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

यसका कारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभाग र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु वा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहन सक्नेछ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहने अनुमान छ।

आज राति पनि तराईका थोरै स्थानमा हुस्सु रहने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका