काठमाडौँ । पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौँमै ८४ वर्षीय दाहालको निधन भएको वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले जानकारी दिएका छन् ।
केही समयदेखि अस्वस्थ रहेका दाहालको आज बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने परिवारले जनाएको छ । त्यसपछि बिहान ९:३० बजे पशुपति आर्यघाटमा श्रद्धाञ्जली कार्यक्रमसहित दाह संस्कार गरिनेछ ।
दाहालकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमा उपचाररत रहेकी छिन् । उनका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्सु दाहाल रहेका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा दाहाल वरिष्ठ पत्रकारसमेत हुन् । उनी नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहेका थिए ।


