काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका धेरै स्थानमा भने हुस्सु लागेको छ ।
महाशाखाले जनाएको छ कि आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, आज राति तराईका केही स्थानमा हुस्सु लागिरहने महाशाखाले जनाएको छ । देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा भने राति पनि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।


