Saturday, November 7, 2026
Homeसामाचारजनकपुरमा सर्वपक्षीय बैठक: मस्जिद विवादपछि सद्भाव कायम गर्ने निर्णय

जनकपुरमा सर्वपक्षीय बैठक: मस्जिद विवादपछि सद्भाव कायम गर्ने निर्णय

जनकपुर । धनुषाको कमलानगरपालिकामा भएको मस्जिद तोडफोड विवाद देशव्यापी चर्किँदै गर्दा जनकपुरधाममा सर्वपक्षीय बैठक बसेर सद्भाव कायम गर्ने निर्णय गरिएको छ।

मंगलबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा बसेको बैठकमा सामाजिक सद्भाव र एकता कायम राख्न सबै पक्षले आवश्यक समन्वय, सहयोग र द्वन्द्व न्यूनिकरणका लागि सक्रिय भूमिका खेल्ने निर्णय भएको छ।

सद्भाव कायम राख्न सम्पूर्ण धर्म, समुदाय र राजनीतिक पार्टीहरूले आफ्नो तर्फबाट प्रयास गर्ने र कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्ने/नगराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लुइटेलले जानकारी दिए।

उनले मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, अपशब्द प्रयोग गरी हिन्दू धर्मप्रति टिप्पणी गर्दै टिकटक भिडियो बनाउने कार्यमा पनि कानुनअनुसार सजाय हुने बताए।

लुइटेलले धनुषाबाट सुरु भएको दुबै समुदायबीचको द्वन्द्व देशभर फैलिसकेकोले सबैलाई शान्त रहन आग्रह गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका