काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका धेरै स्थानहरूमा भने हुस्सु लागेको छ ।
दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहने अनुमान छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहनेछ ।
यस्तै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति तराईका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।


