जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ। विभागका अनुसार उपत्यकामा यस वर्षकै चिसो महसुस गरिएको हो।
अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै ललितपुरको खुमलटार र भक्तपुरको नगरकोटमा तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ। सिन्धुपाल्चोकको चौतारामा भने ५.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ।
उच्च हिमाली क्षेत्रहरूमा चिसो अझ कडा देखिएको छ। लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस पुगेको छ भने जुम्ला विमानस्थलमा माइनस ५.९ र हुम्लाको सिमकोट विमानस्थलमा माइनस ५.१ डिग्री सेल्सियस मापन गरिएको छ।
विभागले चिसो अझ केही दिन कायम रहन सक्ने जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।


