Saturday, November 7, 2026
Homeसामाचारभद्रपुर घटनाबारे बुद्ध एयरको प्रष्टीकरण: ‘विमान परिचारिकाले ढोका खोल्न नदिएको होइन’

भद्रपुर घटनाबारे बुद्ध एयरको प्रष्टीकरण: ‘विमान परिचारिकाले ढोका खोल्न नदिएको होइन’

काठमाडौं । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा भएको विमान दुर्घटनासम्बन्धी ‘विमान परिचारिकाले ढोका खोल्न नदिएको’ भन्ने समाचारप्रति आपत्ति जनाउँदै प्रष्टीकरण दिएको छ। विमान कम्पनीले शुक्रबार सार्वजनिक गरेको प्रष्टीकरणमा घटनाको वास्तविकता स्पष्ट पारेको हो।

बुद्ध एयरका अनुसार विमान परिचारिकाले सुरक्षा प्रोटोकल पालना गर्दै अगाडिपट्टिको दायाँ ढोकाको लक खोल्ने प्रयास गरेका थिए। तर ढोका ‘जाम’ भई नखुलेपछि उनले तत्काल वैकल्पिक उपाय अपनाउँदै यात्रुहरूलाई पछाडिको ‘सर्भिस ढोका’बाट सुरक्षित रूपमा बाहिर निकाल्न अग्रसर भएका थिए।

विमान रनवेबाट बाहिर गएपछि बायाँपट्टि खाल्डो र पानी जमेको अवस्था देखिएकाले सुरक्षाका कारण सो ढोका खोल्नु जोखिमपूर्ण रहेको कम्पनीको भनाइ छ। यही कारण सबै यात्रुको सुरक्षित उद्धारका लागि पछाडिको ढोका प्रयोग गरिएको जनाएको छ।

यसै क्रममा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिपट्टिको दायाँ ढोका खोल्न र अन्य यात्रुहरूलाई शीघ्र बाहिर निकाल्न महत्वपूर्ण सहयोग पु¥याएको बुद्ध एयरले जनाएको छ।

कम्पनीले भनेको छ, “संकटको घडीमा देखाउनुभएको साहस र सहयोगका लागि यात्रु उमेश मोक्तानप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ। बुद्ध एयर उहाँको योगदानको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मानित गर्ने घोषणा गर्दछ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका