काठमाडौँ । रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले नेपालका परराष्ट्रमन्त्रीमा बालानन्द शर्माको नियुक्तिप्रति हार्दिक बधाई व्यक्त गरेका छन् ।
बुधबार परराष्ट्रमन्त्री शर्मालाई पठाएको बधाई सन्देशमा लावरोभले रुस–नेपाल सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गरेका छन् । उनले दुवै देशका जनताको हितका लागि द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू तत्पर रहेको बताएका छन् ।
रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालका लागि शुभेच्छा व्यक्त गरेको जानकारी नेपालस्थित रुसी राजदूतावासले दिएको छ ।


